दमक। चेसका
पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र फुट्बल खेलाडी
सेसेहाङ्ग आङ्देम्बे सम्मानित भएका छन् । उनीहरुलाई आज दमक नगरपालिकाले
सम्मान गरेको हो । आङ्देम्बे दमक एक निवासी हुन भने निरौला दमक ६ का हुन् ।
दुवैलाई
सम्मान पत्रका साथ नगद एघार हजार एक सय एघार रुपैया सहित प्रमुख अतिथी
नगरपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गिता अधिकारीले सम्मान गर्नु भयो ।
उनीहरुलाई दमकमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता
जनाएका कारण सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी ओलीले
खेलाडीहरुको हौसलाका लागि सम्मान गरिएको बताउनु भयो ।
उहाँले
यस्ता सम्मानले खेलाडीको मनोबल बढ्ने र अझ राम्रो गर्न प्रोत्साहान मिल्ने
बताउनु भयो । त्यस्तै उपमेयर गिता अधिकारीले सानो रकमको सम्मान भएपनि
सम्मानले खेलाडीहरुको बृद्धिविकासमा ठूलो महत्व राख्ने बताउनु भयो । उहाँले
नगरपालिकाले खेलाडी खोजी गर्दै आगामी दिनमा सम्मान लाई निरन्तरता दिने
प्रतिबद्धता पनि जनाउनु भयो ।
वडा नम्बर ६
का वडा अध्यक्ष टेक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा दमक
उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नगरपालिकाका कार्यकारी
अधिकृत युवराज दाहाल लगायतको उपस्थिती थियो । कार्यक्रम उपमेयर गिता
अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७४ असोज, १९
२०७४ असोज, १९
Post a Comment