Halloween party ideas 2015





नागरिक स्पोर्ट्स एकेडेमी (NASA) ले गौरादहमा भलिबल आयोजना गर्ने भएको छ । संस्था स्थापना संगै दशै तिहारको अवसर पारेर खेल आयोजना गर्न लागिएको NASA अध्यक्ष दिपेन्द्र अधिकारी बताउछन् । अधिकारीका अनुसार NASA ले गौरादह नगरपालिका भित्र वडा स्तरीय भलिबल आयोजना गर्न लागिएको छ । संस्थाको मुख्य उदेस्य गौरादह क्षेत्रमा रहेका खेल प्रतिभा को खोजी गरि उनिहरुलाई आवस्यक सीप र दक्षताको अभिबृद्धी गर्ने  रहेको छ । नासाले यसै वर्ष फुटबल खेल आयोजना गर्ने गृहकार्य समेत गरिरहेको समेत बुझिएको छ।
गौरादह खेल क्षेत्रको लागि निकै आकर्षण भएको नगरपालिका मानिन्छ । गौरादहले बिगत ४० बर्ष देखि हरेक प्रकारका खेलहरुमा अब्बलता देखाउने गरेको नासाका एक  पदाधिकारी भानु प्रताप न्यौपाने बताउछन ।
दशै तिहारको अवसर पारेर गर्न लागिएको भलिबल खेललाई मर्यादित र व्यवस्थित बनाउदै सौहार्द्रपुर्ण बाताबरणमा सम्पन्न गर्नको लागी हिजो मंगलबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा  
लायन्स क्लब गौरादहका प्रेसिडेन्ट नारायण घिमिरे, लायन्स चार्टड प्रेसिडेन्ट डा. तिलक खनाल, जेसिस गौरादह अध्यक्ष  क्रान्तिदिप काफ्ले, सेभ द पिपुल तथा लायन्स क्लब अफ ग्रीन सिटी गौरादहका अध्यक्ष दुर्गा गौतम, गौरादह बाणिज्य संघ उपाध्यक्ष डिल्ली निरौला, लागयतका क्रियाशिल सामाजिक संघसस्थाका प्रतिनिधि सहित शिक्षक, प्राध्यापक, समाजसेवी, राजनितीज्ञ तथा नासा पदाधिकारीहरुको उपस्तिथि रहेको थियो । अन्तरक्रिया कार्यक्रम माउन्ट एभरेस्ट मा वी मा भएको थियो । न. पा. का ९ वटा   वडाका टिम लाइ लिएर सन्चालन गरिने भलिबलमा लक्ष्मी पूजा भन्दा अगाडि समापन गर्ने योजना सहितको टिम शेड्युल प्रकासन गरिने बताइएको छ । 
 यसै बिच NASA ले आयोजना गर्ने खेलकुदको सम्बन्धमा पुर्व कानुन मन्त्री अग्नि खरेल, सांसद दिपक कार्की तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य हिक्मत कार्की लगायतका व्यक्तित्वहरु संग समेत विविध परामर्श लिइएको NASA कोषाध्यक्ष निगेस नायजुले जानकारी गराए ।

Post a Comment

Powered by Blogger.