वालदिवसको अवसर परेर लियो क्लब अफ गौरादहले गौरादह नगरपालिका-७ मा रहेकोे श्री प्रा.बि. मा चेतनामुलक कार्यक्रम संचालन गरेको छ |
सो कार्यक्रममा चिकित्सा सहायक (हे.अ.) मङ्गेस भारतीले बिद्यार्थीलाई हात धुने तरिका सिकाए । कार्यक्रममा सम्पुर्ण विद्यार्थीलाई साबुन वितरण गरेको जसको प्रायोजक पथिभरा डिपार्टमेन्ट स्टोरले गरेको क्लबको प्रथम उपाध्यक्ष दिपक सेढाईले बताए ।
लियो क्लब अफ गौरादहका अध्यक्ष बिनोद चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका तृतीय उपाध्यक्ष मेनुका पाठकले स्वागत गरेकी थिईन। उक्त कार्यक्रममा लायन्स क्लब ओफ गौरादहका अध्यक्ष नारायण प्रसाद घिमिरे , चाटर प्रेसिडेन्ट डा.तिलक खनाल लगायतले बोलेका थिए । कार्यक्रम क्लबका सचिब कमल पौडेलले संचालक गरेको थिए ।
Post a Comment