गौरादह,
वातावरण संरक्षण शिविर (ECCA Nepal) द्वारा गौरादह आसपासका विभिन्न विद्यालयका लगभग १५० विद्यार्थीहरुलाई राहत बितरण गरिएको छ । जसमा प्रकृति फाउन्डेसन र नागरिक स्पोर्ट्स एकेडेमी (NASA) ले सहजीकरण गरेको जनाइएको छ। गत महिनाको बाढीले बिस्थापित घरपरिवारका बिद्यार्थीहरुको किताबकापी, झोला लगायतका सामाग्रीहरु नष्ट गरेकोले राहत उपलब्ध गराईदिन सम्बन्धित विद्यालय र स्थानिय तहले संस्थासँग अनुरोध गरेकोले वाडीपिडित परिवारका बालबालिकाहरुलाई झोला, कापी, कलम,पेन्सिल, ज्यामिती बकस, पानी पिउने बोत्तल लगायतका सामग्रीहरु राहत स्वरुप उपलब्ध गराईएको ECCA कि पूर्वाञ्चल कोअर्डिनेटर प्रज्ञा भट्टराईले जानकारी गराउनुभयो।
यसैगरी संस्थाले पिडित परिवार र प्रभावित विद्यालयहरुमा पानी शुद्धीकरणको निम्ति वाटासोल समेत बितरण गरेकोछ। संस्थाले गौरादह न.पा. कै वडा नं. ५ बालुबथानका बाडीपिडित ३२ परिवारलाई र शिवसताक्षीको पाँचगाछी का २९ परिवारलाई ६१ थान वाटर-फिल्टर, वाटासोल (क्लोरिन), पानीको बोतल लगायतको राहत सामग्रीहरु बितरण गरिएको कार्यक्रमका सहजकर्ता प्रकृति फाउन्डेसनका महासचिव दिपेन्द्र अधिकारीले बताउनुभयो।
गौरादह र पाँचगाछीमा भएका छुट्टाछुट्टै कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य चन्द्र सुब्बा, शिवसताक्षी न पा का प्रमुख चन्द्र शेर्मा, नेपाल राष्ट्रिय उधोग वाणिज्य संघ, १ न. प्रदेशका अध्यक्ष एल्. पी. सावा, नेकपा एमाले झापाका सचिव मदन अधिकारी, गौरादह-५ का वडा अध्यक्ष छत्रपती सुवेदी लगायतले बिपत पछी आहतमा भएका जनतालाई अत्यावश्यक सामग्रीहरु बितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै अन्य आवस्यक सहयोगको लागी समेत ध्यानाकर्षण गराउनुभएको थियो। आयोजक संस्था वातावरण संरक्षण सिविरका तर्फ बाट कार्यक्रम अधिकृत रविन्द्र खत्रीले आगामी दिनमा विद्यालय लाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Post a Comment