Halloween party ideas 2015



गौरादह- स्कुलचौनको बिचमा रहेकोे गेउरिया खोलाको कज्वे पुल भारी बर्षा संगै धस्किन लागेको स्थानीयवासीले बताएका छन । लामो समय देखि नयाँ पुल निर्माण गर्नै पर्ने चर्चा पाइरहेको पुलमा नगरपालिकाको उचित ध्यान पुग्न नसकेको उनिहरुले गुनासो गरेका छन । पुलको दुबै तर्फबाट चर्किन थालेकोले अब नयाँ पुलको निर्माणका लागि पहल गरिने वार्ड अध्यक्ष मडिन्द्र कार्कीले बताए । पुलको अवस्था बारेमा नगरपालिकालाई पत्र काटेर जानकारी गराइने युवा सन्जालका अध्यक्ष भानु प्रताप नेउपाने बताउछन । नेउपाने भन्छन- ´सवारी साधन आवतजावत गर्न समेत कठिनाइ उत्पन्न हुनलागेको परिस्थितिमा मालबाहक सवारी साधनको आवतजावतमा रोक लगाइनु पर्छ । भत्कन लागेको पुलको निरीक्षण वार्ड अध्यक्ष मडिन्द्र कार्की र युवा व्यक्तित्व तारा सुब्बाले समेत गरेका थिए ।

Post a Comment

Powered by Blogger.