Halloween party ideas 2015






गौरादह ,
 हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस गौरादहमा पनि दुई दिन मंगलबार र बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
कार्यक्रम अनुसार मंगलबार साँझ गौरादह नगरपालिकाको डिपु चौकमा दीप प्रज्वलन गरियो । जनजाती अदिवासी उत्थान मञ्च नगर समितिको आयोजनामा जेष्ठ नागरिक मदन सुब्वाबाट दीप प्रज्वलन कार्यक्रमको शुभारम्भ गरिएको मञ्चका संयोजक चन्द्र सुब्वाले जानकारी दिए ।

भोलि बुधबार गौरादह बजारमा विभिन्न जनजातिका भेष भूषा र झाँकीहरु प्रदर्शन गरिने कार्यक्रम रहेको गणेशकुमार श्रेष्ठले जानकारी दिए ।


 मानव सभ्यताको विकाससँगै अनि क्रमिक बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई आदिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न यो दिवस मनाउन थालिएको हो ।विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेको तथ्यांक छ ।



Post a Comment

Powered by Blogger.