Halloween party ideas 2015


अछाम : मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। लु १ ग २७८ नम्बरको ट्रक ७ बजेतिर साफेबगर मंगलसेन सडक खण्डको तिमिल्सेनको ओरालोमा दुर्घटनाग्रस्त भएको हो।
अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार सिपाही नारायणसिंह महरा र रमेश कठायतको अवस्था गम्भीर छ। उनीहरु त्रिपुरा गुल्म दिपायलमा कार्यरत थिए।
घाइते सबैको बयलपाटा अस्पतालमा उपचार भइराखेको छ। बाजुरामा निर्वाचन सुरक्षामा खटिएको सेनाको टोली चढेको गाडी अछाम आउँदै गर्दा दुर्घटनामा परेको हो।
ब्रेकफेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी अनुमान छ।

Post a Comment

Powered by Blogger.