चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।
१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए। १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन्। उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी छिन्। निर्वाचन आयोगले चुनावी परिणामको औपचारिक घोषणा गर्न बाँकी छ।
सर्वाधिक चर्चा र बहसमा रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यालन नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङ १४ सय ७८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गरे भने माओवादीका वडा अध्यक्ष उम्मेदवार खड्कबहादुर गुरुङले ६६ मत प्राप्त गरे। उता राप्रपाका वडा अध्यक्ष उम्मेदवार प्रजापति सापकोटाले भने २७ मत मात्र प्राप्त गरे।
जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ वडामा पुनः शुक्रबार मतदान भएको थियो। मेयरमा रेणु दाहालको जितका निम्ति वडा नम्बर १९ र २० नै निर्णय बनेको छ।
Post a Comment