Halloween party ideas 2015

गौरादह- गौरादहमा सडक र सवारी व्यवस्थापन गर्न ट्राफिक बस्न थालेको ५ वर्षपछि समुदायको अग्रसरतामा निर्माणाधीन गौरादह ट्राफिक कार्यालय भवन रकम अभावका कारण निर्माण कार्य अलपत्र बनेको छ ।
भवनको पिलर र बिमको काम सम्पन्न भइसक्दा ४ लाख १० हजार पाँच ५ रुपयाँ खर्च भइसकेको बताउँदै गौरादहका ट्राफिक प्रहरी इन्चार्ज शंकरप्रसाद यादवले हालसम्म दुई लाख ९३ हजार ५५ रुपयाँ मात्र संकलन भएको जानकारी दिए । भवन निर्माणको लागि नगरपालिकाको कार्यालयबाट अहिलेसम्म कुनै सहयोग नपाएको बताउँदै हामीले पटक पटक नगरपालिकासँग सहयोगको लागि अनुरोध गर्दा पनि आश्वासन मात्र पाएको निर्माण समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।

गौरादहमा ०६८ सालदेखि ट्राफिक बस्न थालेपनि ट्राफिकको आफ्नै भवन थिएन । गौरादहका समाजसेवी अगुवा रत्नबहादुर श्रेष्ठले निशुल्क रुपमा गौरादह नगरपालिका वडा नं.१ स्थित गणेश मन्दिरसँगै रहेको कालोपत्रे बाटोमै पर्ने एक कट्ठा १६ धुर जग्गा दिएपछि समुदायको अग्रसरतामा ट्राफिक भवन निर्माण कार्य थालिएको थियो । भवनको डिजाइनिङ न्यू भिजन इन्जिनियरिङ कन्सल्टेन्सी गौरादहका भानु आचार्यले निशुल्क रुपमा गरिदिएका थिए ।
(source-gauradahaonline.com)

Post a Comment

Powered by Blogger.