Halloween party ideas 2015


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको छ । 

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो । अरु बिषयको नतिजा आउन भने अझै केही समय लाग्नेछ ।

Post a Comment

Powered by Blogger.