Halloween party ideas 2015

भरतपुर महानगरपालिका १९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलि बुधबारदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उनले जानकारी दिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो । सर्वोच्च अदालतले  भरतपुर महानगर-१९मा पुन: मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै आइतबार फैसला गरेको थियो । हिजो सोमबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई वडा नम्बर १९ का सम्पूर्ण मतदान केन्द्रको मतदान रद्द गरी पुन: मतदानका लागि यथाशीघ्र मिति तोक्न निर्देशन दिएको थियो ।

Post a Comment

Powered by Blogger.