गौरादह नगरपालिकामा नगर शिक्षा समिति याथाशिघ्र गठन र नगरभित्रका विद्यालयहरुको नक्साङकन गरी नगरको शिक्षा योजना तुरुन्त बनाउन गौरादह स्रोत केन्द्रभित्रका शैक्षिक संस्था प्रमुखहरुले अनुरोध गरेका छन् ।गौरादह स्रोत केन्द्र तथा प्याब्सनको संयुक्त आयोजनामा स्रोत केन्द्रभित्रका शैक्षिक संस्था प्रमुख तथा नव निर्वाचित नगर पदाधिकारीहरु बीच परिचय तथा शुभकामना आदन प्रदान कार्यक्रममा शैक्षिक संस्थाका प्रमुखहरुले बोल्दै नव निर्वाचित नगर पदाधिकारीहरुलाई सोमबार उक्त अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका झापा क्षेत्र नं. ६ का सांसद दिपक कार्कीले गाउँमा आएको अधिकारलाई सही रुपमा सदुपयोग गरी नगरको विकासमा ध्यान दिन अनुरोध गरे । प्रमुख अतिथि कार्कीले पूर्व जनप्रतिनिधिहरुले भोग्नु परेका समस्याहरु अहिले नरहेको भन्दै पर्याप्त मात्रमा बजेट हुने, समय र साधन पनि आवश्यकता अनुसारको उपलब्ध हुने भएकाले हिजो बाचाहरु पूरा गर्न र जनताको समस्यहरुमा साथ दिन नव निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै यसका लागि आफूले आफ्ना ठाउँबाट गर्ने सहयोगका लागि आफू सदैव तयार रहेको बताएका थिए ।कार्यक्रममा नीजि तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन प्रदेश नं. १ का संयोजक नारायणप्रसाद घिमिरेले नगरको समग्र विकासमा पबित्र भावनाले प्रेरित भएर दलीय घेराबाट माथि उठ्दै शिक्षाको गुरु योजना बनाउन अनुरोध गरेका थिए । कार्यक्रममा घिमिरेले संसारमा नेपाल मात्रै एउटा यस्तो देश हो जसले शिक्षामा कर लिन्छ भन्दै शिक्षामा कर हुनुहुँदैन, शिक्षामा सहकार्य गर्न केन्द्र सरकार र स्थानीय सरकारको पनि ध्यान जान जरुरी रहेको बताएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष बुद्धिमान कार्कीले नगरको विकासमा पुल र बाटोहरु बनाउने पुरानो मोडल भएको बताउँदै अब नगर विकासको पहिलो प्राथमिकता शिक्षा हुने पर्ने बताए । बक्ता कार्कीले शिक्षा क्षेत्रका राम्रा र नराम्रा पक्षलाई माइक्रो रुपमा अध्ययन, विश्लेषण गर्नु पर्ने आवश्यकता रहेका बताए ।कार्यक्रममा गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरिप्रसाद अधिकारीले नगरभित्र सामुदायिक ३२ र निजी २२ गरी ५४ वटा विद्यालय रहेको बताउँदै नगरभित्रको शिक्षाको अवस्थाका बारेमा जानकारी गराउँदै नगर शिक्षा समिति याथाशिघ्र गठन र नगरभित्रका विद्यालयहरुको नक्साङकन गर्न अनुरोध गरेका थिए । स्रोत व्यक्त अधिकारीले एक जना जन प्रतिनिधि विद्यालय व्यवस्थापन समितिमा पठाइदिन अनुरोध गर्दै नगरभित्रका विद्यालयहरुमा दिवा खाजालाई कक्षा ५ सम्म पु¥याउन, बाल शिक्षक, विद्यालयका कर्मचारीको सेवा सुविधाका बारेमा योजना बनाउन नगर प्रमुखलाई अनुरोध गरेका थिए । कार्यक्रममा प्याब्सन झापा जिल्ला कार्य समिति सह सचिव जनार्दन ढकालले शिक्षाको ठूलो हिस्सा निजी विद्यालयहरुले थामेको कारण छात्रबृत्तिमा विभेद नगरी निजी विद्यालयका विद्यार्थीहरुलाई पनि छात्रबृत्ति उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमका अर्का बक्ता स्कुलचौन माविका प्रधानाध्यापक बाबुराम भण्डारीले दुई प्रकारका पाठ्यपुस्तक भएको निजी तथा सामुदायिक विद्यालयहरु बीच भएको खाडल पुर्न नगरबाट बिशेष योजना ल्याउन अनुरोध गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख रोहितकुमार शाहले आजका विद्यार्थीहरु अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेकाले नीति गत सुधार गर्न जरुरी रहेको बताउँदै विद्यालयको अनुगमन र मूल्याङ्कन गर्न प्रधानाध्यापकहरुलाई नै लागिदिन अनुरोध गरे । आजको समयमा शिक्षानै विकासको मूल मेरुदण्ड रहेको बताउँदै कार्यक्रममा नगर प्रमुख शाहले नगरभित्रको शिक्षाको गुणस्तर विकासमा काम गर्न आफू तयार रहेको बताउँदै नगरपालिकाको तर्फबाट सेवा सुविधाहरुमा विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नव निर्वाचित वडा अध्यक्षहरुको तर्फबाट वडा नं.७ का अध्यक्ष बलराम खरेलले बोल्दै कुनै नियम कानुन नबनेको अहिलेसम्म केही नआएकोले जनप्रतिनिधिहरु अन्योलमा रहेको ऐन बिना केही गर्न नसकिने बताउँदै शिक्षा क्षेत्रको खाडल पुर्न जन प्रतिनिधिहरु तयार रहेको बताए ।

छात्रबृत्ति वितरण
सोही अवसरमा गौरादह नगरपालिकाभित्रका विभिन्न विद्यालयका आठ जना विद्यार्थीहरुलाई बैदेशिक रोजगार छात्रबृत्ति वितरण गरिएको थियो । कार्यक्रममा बैदेशिक रोजगार छात्रबृत्ति सर्जक एकता अंग्रेजी बोर्डिङ स्कुलका विजय राजवंशी, कामक्ष बोडिङ स्कुलका सुुजन नेपाली, ज्ञानज्योति माविका यूनिशा दंगाल, अमर निमाविका इशा लिम्बु, माउष्ट एभरेष्ट माविका प्रिती न्यौपाने, गोल्डेन सनराइज माविका भावना ढुङ्गेल र प्रोनित कार्कीले जनही आठ हजार र गोल्डेन सनराईजकी कामना ढुङ्गेललाई १२ हजार वितरण गरिएको थियो ।त्यसै गरी दलित छात्रा प्रोत्साहन पुरस्कार जनता माविका पाँच जना छात्राहरुलाई जनही ६ हजार सात सय प्रति व्यक्ति वितरण गरिएको थियो । दलित छात्रा प्रोत्साहन पुरस्कार पाउनेहरुमा मिना बिक, विनिता दर्जी, संगीता उराव, धनकुमारी लकान्द्र र जमुना विक रहेका थिए ।

शिक्षक सम्मान
कार्यक्रममा एक जना सेवानिबृत्त एक जना र बेजिल्ला सरुवा भएर जाने एक जना गरी दुई जना शिक्षकलाई सम्मान समेत गरिएको थियो । सम्मान पाउनेहरुमा जनता मावि बालुबथानबाट सेवानिबृत्त पाउने तेजबहादुर निरौला र जनता प्राविबाट सरुवा भएर तेह्रथुम जाने देवेन्द्र डाँगीलाई सम्मान गरिएको थियो ।कार्यक्रम जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम पोख्रेलको सभापतित्व र झापा क्षेत्र नं. ६ का माननीय सांसद दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम प्याब्सन झापा क्षेत्र नं.६ का सचिव गंगाराम दुलालले संचालन गरेका थिए । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई रुद्राक्षको माला र डायरी प्रदान गरिएको थियो ।

Post a Comment