गिविन्दबाबु अधिकारी ,
नेपाल स्वास्थ्य स्वयम सेवक संघ नगर समिति गौरादहले नगर प्रमुखलाई स्वयम सेवकहरुको पारिश्रमक र सेवा सुबिधा थप गर्न माग गर्दै बुधबार ज्ञापन पत्र बुझाएकाछन् ।समिति अध्यक्ष इन्दिरा चौलागाईंले आफ्ना समस्यहरुको जानकारी गराउँदै ज्ञापन पत्र बुझाएकी हुन् । स्वयम सेवकहरुले महिला स्वास्थ्य स्वयम सेवकहरुले निबृत्ति भरण बापत बार्षिक दुई लाख, पारिश्रमिक बापत मासिक १२ हजार र अवलोकन भ्रमण र तालिमको व्यवस्था गरिदिन ज्ञापन पत्र मार्फत माग गरेका छन् । ज्ञापन पत्रै बुझ्दै नगर प्रमुख रोहितकुमार शाहले महिला स्वयम सेवकहरुको स्वस्थ्य सेवाको प्रशंसा गर्दै मागहरुलाई नगर परिषद्मा राखी छलफल गरिने बताए ।
गौरादह नगरपालिकाले बिनियोजित बजेटबाट ४१ जना स्वयम सेविकाहरुलाई प्रति साइकल ५ हजार ७ सय ६ रुपयाँका दरले २ लाख ४० हजार मूल्य बराबरका ४१ वटा साइकल वितरण गरेको नगरका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीले जानकारी दिए । महिला स्वास्थ्य स्वयम सेवकहरुलाई आफ्नो कार्य क्षेत्रभित्र समयमै पुगेर काम गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरिएको अधिकृत वस्तीले जानकारी दिए ।
Post a Comment