दमक ,झापा / उधम साकोस दमकले आफ्नो नवौ बार्षिकको अवसर पारेर मंगलबार दमक चोक खनाल मार्केट अगाडि द.उ.बा.संघ द्वारा सुलभ स्वच्छ पानी पिउनको लॉगी धारा जडान गरिदिएको त्यस माथि टंकी निर्माण गरि पिउने पानी ब्यबस्थित गरी आफ्नो बार्षिक उत्सव मनायो,उक्त कार्यक्रम साकोसका अध्यक्ष चंद्रा कु.खड़का को सभापतित्वमा द.न.का.पा.का नवनिर्वाचित मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यता ,झा.जी.स.संघ का उपाध्यक्ष गीता कुँवर बरिष्ठ अतिथि ,अतिथिहरू मा जि. व.संघ का प्रतिनिधि कृष्ण तिवारी ,द.उ.वा.संघ का अध्यक्ष राजन ढकाल साथै ,ब.उ. देवी प्र गुरागाई ,डांफे साकोसका प्रतिनिधि लीला खनाल लगायतकाे उपस्थिति थियो ,प्रमुख अतिथि द्वारा नवनिर्मित खाने पानी टैंकीको धारा खोली पानी पियेर उद्धघाटन गरियो ,कार्यक्रमको संयोजक साकोसका सचिव द्रोणराज भट्टराई साथै कार्यक्रम प्रस्तोता बिमला पोख्रेल यस कार्यक्रममा स्वागत मंतव्य सह सचिव निर्मल गुरुंग ले गर्नु भयो ,साथै अतिथिहरू राजन ढकाल ,कृष्ण तिवारी ,गीता कुँवर र रोमनाथ ओली ले संबोधन गर्नु भएकाे थियो ।
Post a Comment