बन्दै छ युवा सन्जाल
शान नेपाल ,
शैक्षिक बेरोजगारी र राजनीतिक तथा सामाजिक रुपले पछि परेका युवा बर्ग लाई समेट्ने उदेश्य सहितको "युवा संजाल" गठन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। युवाहरूलाई बिदेशी भुमिमा बस्नै पर्ने बाध्यात्मक परिस्थितिमा "युवा सन्जाल" को भुमिका महत्वपूर्ण हुने कुरा सहज कर्ता योगेश न्यौपानेको भनाइ रहेको छ । गौरादह क्षेत्रका युवाहरूको स्वतन्त्र संगठन "युवा संजाल" ले सामाजिक क्षेत्रमा देखिएका बिक्रिती र बिसंगती बिरुद्ध कार्य गर्ने छ युवा व्यक्तित्व रोसन चौधरी बताउछन ।
निगेस नयाजु भन्छन, "हाम्रो संगठन स्वतन्त्र संगठन हो ।कुनै पनि दलिय पार्टीमा आस्था भएका युवाहरूलाई समेत "युवा संजाल" मा समेट्न सकिनेछ ।"
Post a Comment