निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ ।
नेकपाका जिल्ला संयोजक पुष्प भट्टराई त्रिलोचनलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
नेकपाले उनको बिनासर्त रिहाइको माग गरेको छ । पार्टीका झापा नेता सुमनसिं पौडेलले सरकारले त्रिलोचनलाई ब्याक्तिगत काममा खटिएका बेला पक्राउ गरिएकोप्रति निन्दा गर्दछ भन्दै तत्काल रिहा गर्न प्रशासन समक्ष माग गरेका छन् ।
Post a Comment