Halloween party ideas 2015

‘……….बलात्कार गर्दा कस्तो पीडा हुन्छ यसलाई थाहा हुनुपर्छ…’
‘ ६ को ६ गोली हानेर तेरो टाउको उडाइदिन्छु…’ र ‘मुलुकलाई अपराधीहरुको चंगुलबाट निकालेर सुन्दर र शान्त देश निर्माण गर्नुछ …’ लगायतका डाइलगहरु अहिले चर्चित छन् । यी संवादहरु हुन् नेपाली कथानक चलचित्र ‘तारेभीर’ को । चलचित्र असार २ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आउदैछ ।
हाल चलचित्र यूनिट प्रदर्शन मिति नजिकिंदै जाँदा आफ्नो प्रचार–प्रसार पनि तीव्र रुपमा अघि बढाइरहेको निर्माता डी.के. देवानले जानकारी दिए । निर्माण पक्षका अनुसार केहीसमय अघि च्यारिटी सो केही स्थानमा भइसकेको छ ।
मोफसलमा चलचित्रको निकै राम्रो बनेको प्रतिक्रिया आइसकेको छ । यसले चलचित्र यूनिट निक्कै नै उत्साहित देखिएका छन् । चलचित्रको ट्रेलरले पनि धेरैलाई प्रभावित पारेको सहजै अनुमान लाउन सकिन्छ । चलचित्र ‘तारेभीर’मा हालको यथार्थ घटनाक्रमलाई चित्रण गरिएको छ ।
देशलाई अपराधिक गतिबिधिबाट मुक्त गर्नको लागि के कस्तो कदम चल्नुपर्छ जस्तो धेरै कुराको मिश्रण चलचित्र भित्र गरिएको छ ।
नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्ट कम्पनीको प्रस्तुति रहेको चलचित्रमा कलाकारहरु बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा आदि रहेका छन् ।
यसैगरी चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द्व, राम प्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्राबिम सेर्माको संयुक्त संगीत रहेको छ । चलचित्रको निर्माता डी.के दिवान रहेका छन् भने निर्देशन प्रेम सुब्बाले गरेका छन् ।

Post a Comment

Powered by Blogger.