सुरुङ्गा ।।
वालवालिकाहरुको हकहितको संरक्षण गरी क्षमता विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने उद्येश्यले कनकाई नगरको वडा नं. ७ मा वडा स्तरीय “नमुना वाल क्लव” गठन गरीएको छ ।
नगरकै नमुना वनाउँने उद्येश्यका साथ गठन गरीएको ११ सदस्यीय क्लवको अध्यक्षमा स्थानिय प्रदिप तामाङ्ग सर्वसम्मत रुपमा चयन भएका छन । क्लवको उपाध्यक्षमा जेनिस थपलिया, सचिवमा सार्थक निरौला, सहसचिवमा कृषा पोखरेल र कोषाध्यक्षमा सिर्जा पौडेल चयन भएका छन् । क्वलको सदस्यहरुमा क्रमशः निर्देश कार्की, प्रवेश आचार्य, योजीत उप्रेती, समिर मुर्मू, आर्यन भुजेल र किरण दहाल रहेका छन् ।
वाल क्लवलाई आवश्यक सल्लाह र संरक्षणका लागि स्थानिय संचारकर्मी रामप्रसाद निरौलाको संयोजकत्वमा तीन सदस्यीय वाल क्लव संरक्षण समिति गठन गरीएको छ । जसको सदस्यहरुमा सरला पोखरेल र सीता ओली चयन भएका छन् ।
स्थानिय हरिवोधनी किर्तन भजन समूहकी अध्यक्ष यसोदा उप्रेतीको सभापतित्व र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का सदस्य कुमारमणि पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वालमैत्री समन्वय समिति कनकाई नगरका सदस्य राजकुमार कट्टेलले वाल क्लवको अवधारणा, संभावना,चुनौती र अवसरका विषयमा प्रष्ट पार्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति प्रविन तिम्सिना, सुरुङ्गा जेसीजकी निवर्तमान अध्यक्ष सरला पोखरेल, महासचिव कमलप्रसाद कट्टेल , सदस्य केपी लुइटेल, सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी लगायतले मन्तव्य राखेको कार्यक्रममा पशुपति प्राविका प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन संचारकर्मी रामप्रसाद निरौलाले गर्नु भएको थियो ।
Post a Comment