Halloween party ideas 2015

बहुउपयोगी कागतीको व्यवसायिक खेतीले झापाका कृषक एवम् उपभोक्ता दुवैै लाभान्वित भएका छन् ।जिल्लाका विभिन्न ठाउँमा यसको व्यावसायिक खेती सुरु भएको छ ।
कागतीको नियमित सेवनले मानिसको स्वास्थ्यमा मद्दत पुग्छ । यसको महत्व र बजार बढ्दै गएका कारण कागतीको व्यावसायिक खेती बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७०/७१ मा ४५ हेक्टर, आव २०७१/७२ मा ५५ हेक्टर, आव २०७२/७३ मा ७० हेक्टरमा तथा आवप २०७३/७४ मा करिब १०० हेक्टर जग्गामा कागतीखेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका कर्मचारी बुल्लुराम राजवंशीले जानकारी दिए ।
पछिल्लो समय सर्वसाधारणले आ–आफ्ना घरमा कागतीको बोट लगाउने गरेका छन् । स्थानीय बहुउद्देश्य सहकारी संस्था चन्द्रगढीले गत वर्ष एक हजार ५०० तथा यस वर्ष पनि सोही परिमाणमा कागतीको बोट आफ्ना सेयर सदस्यलाई १५० रुपैयाँका दरले बिक्री गरेको छ ।
वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीका अनुसार व्यावासायिक रुपमा कागतीखेती गर्ने कृषकलाई कार्यालयले थोपा सिँचाइ योजनाअन्तर्गत एक लाख रुपैयाँसम्म अनुदान दिने गरेको बताए । सो अनुदान जिल्लामा यस वर्ष दुई जनालाई प्रदान गरिएको छ ।
गौरादह नगरपालिका– १ स्थित पूर्वेली पाथिभरा कृषि सहकारीले स्थानीय ध्रुव दाहालको दुई बिगाहा नौ कठ्ठा जग्गा बर्सेनि ६० हजार रुपैयाँ भाडा तिरेर कागतीखेती सुरु गरेको छ । तीन वर्षमा लगभग १७ लाख रुपैयाँ खर्च भइसकेको सञ्चालक खुमनाथ निरौला बताउछन् । उनले कृषि कार्यालयबाट थोपा सिँचाइ योजनाअन्तर्गत एक लाख रुपैयाँ अनुदान पाएका छन् ।

Post a Comment

Powered by Blogger.