
राजु पोख्रल, दमक, पूर्व संचार मन्त्रि तथा नेकपा एमालेका नेता संखर पोख्रेलले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको जित कस्टिंग भैसकेको र फिल्म भने आशार १३ गते हुने बताएका छन् । नेकपा एमाले गौरादह नगर समितिले बुधबार आयोजना गरेको उमेद्वारी घोसणा सभा लाइ सम्बोधन गर्दै पोख्रेलले भने यो निर्वाचन कसैले रोक्न सक्दैन र सबै क्षेत्रम एमालेले स्पस्ट बहुमतका साथ् विजय हुने बताए उनले भने बिस वर्ष पछि हुन गैरहेको स्थानीय तहको निर्वाचनले सरकारमा रहेको निहित अधिकार गाउ गाउमा आउने बताए । सभालाइ नेकपा एमालेका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेसक प्रचार संयोजक हिक्मत कार्की संसद दिपक कार्की लगायतले सम्बोधन गरेका थिए ।
नेकपा एमाले गौरदहाले असार १४ गने हुने स्थानिय तहको निर्वाचनमा मेयर र उपमेयर सहित वडा अध्यक्ष सहित सम्पुर्ण वडाका सदस्य हरुको नाम सार्वजनिक गरेको छ । एमालेका तर्फ बाट गौरादहको मेयरमा लामो समय देखि राजनिति तथा विभिन्न सामाजिक संस्था मा सकृय २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालिन कोहबराका जना प्रतिनिधि तथा नेकपा एमाले झापाका सचिब मदन अधिकारी र उप मेयरमा महिला नेत्री गिता भेट्वाल लाई उमेद्वार बनाएको छ । त्यस्तै वडा हरुमा वडा नम्बर १ को अध्यक्षमा नगेन्द्र भण्डारी महिला सदस्यमा देबीमाया श्रेष्ठ महिला दलित सदस्य मा गंगा माया बि.क. र खुला बडा सदस्यमा प्रकास दाहाल र चन्द्र सुब्बा रहेका छन ।
त्यसै गरि वडा नम्बर २ मा वडा अध्यक्षमा गोबिन्द खड्कालाई एमाले ले वडा अध्यक्षको उमेदार बनाएको छ । जसको महिला सदस्यमा डालिका गिरि महिला दलित सदस्य सुकमाया बि क र खुल्ला सदस्यमा रमेश गौतम र गोलासिंह ताजपुर्या रहेका छन ।
गजेन्द्र घिमिरे ३ नम्वर वडाको वडा अध्यक्ष बनेका छन भने महिला सदस्यमा अम्बिका भण्डारी दलित महिला सदस्यमा तारा ल्वागुन र खुल्ला सदस्यमा बाबुराम थापा र सित खनाल रहेका छन ।
त्यसै गरि वडा नम्बर ४ मा वडा अध्यक्षमा मणिन्द्र कार्की लाई एमाले ले वडा अध्यक्षको उमेदार बनाएको छ । जसको महिला सदस्यमा सरिता काफ्ले दलित महिला सदस्य तुलाषा दर्जी र खुल्ला सदस्यमा सुर्य बहादुर नेम्बांग र महेश्वर सुबेदी रहेका छन ।
त्यसै गरि वडा नम्बर ५ मा वडा अध्यक्षमा छत्रपति सुबेदी लाई एमाले ले वडा अध्यक्षको उमेदार बनाएको छ । जसको महिला सदस्यमा गोमा चेम्जुंग दलित महिला सदस्य छलीमाया नेपाली र खुल्ला सदस्यमा कपिलमणि काफ्ले र हरि प्रसाद घिमिरे लाइृ एमाले ले उमेदार बनाएको छ ।
यसै बिच वडा ६ नम्बरको वडा अध्यक्षमा जीवनराज कार्की ले टिकट पाएको छन् । जसको महिला सदस्यमा चण्डिका कोइराला दलित महिला सदस्यमा चन्द्रकला नेपाली र खल्ला सदस्यमा कुन्थालु राजबंशी र दिनानाथ ढकाल रहेका छन ।
नेकपा एमाले गौरादहको वडा नम्बर ७ को वडा अधक्ष्यमा बलराम खरेल महिला सदस्यमा यसोदा दाहाल दलित महिला सदस्यमा तर दर्जी र खुल्ला सदस्यमा अमर दास सिवाकोटी र नारायण बिमली लाइ एमालेका उमेद्वार बनाएको छ
यसै गरि वडा नम्बर ८ को वडा अध्यक्षमा भूमिराज पोख्रेल हुन यहाँ महिल सदस्यमा सिता गुरुङ महिला दलित सदस्यमा पानकुमारी सर्वा्रिया र खल्ला सदस्यमा गोपाल प्रसाद घिमिरे र जलवर्षा राजबंशीले टिकट पाएका छन ।
र बडा नम्बर ९ को बडा अध्यक्षमा प्रकाश चन्द्र खरेल महिला सदस्यमा सरस्वति सुवेदी दलित महिला सदस्यमा चन्द्र कला बि क र खुल्ला सदस्यमा चन्द्र बहादुर खड्का र ओम निरौला रहेको एमाले गौरदहले जनाएको छ । उक्त कार्यक्रम छत्रपति सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Post a Comment