नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ । विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रम्ुख सन्तोष पन्तले जानकारी दिए ।
बाटो फराकिलो पार्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।
Post a Comment