Halloween party ideas 2015

झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर पूर्वकै रिफरल अस्पतालको रुपमा विकसित हुँदै गएको छ । पूर्वका अन्य निजी अस्पतालहरुभन्दा प्राविधिक तथा जनशक्तिका हिसाबले उच्च क्षमतायुक्त सो अस्पतालमा बिराटनगरको मोडल, न्यूरो अस्पताल तथा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि बिरामीहरु पठाइने गरेको पाइएको हो ।  यद्यपी बिर्तामोडकै अन्य अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीहरुलाई स्थानीय अस्पतालको सेवा सुविधाबारे पूर्ण जानकारी हुँदाहुँदै पनि धरान, बिराटनगर वा भारतको सिलगडी पठाएर बिरामीलाई थप सास्ती दिने गरेको पनि खुलेको छ ।
 बिर्तामोडमा नाम चलेका केही अस्पतालहरुमा उपचारार्थ भर्ना भएका बिरामीको उपचारमा लापरबाही गरेको तथा ठूलो धनराशि खर्च भइसके पछि यहाँ नसकिने केश देखियो, धरान वा विराटनगर वा सिलगढी लैजानु भनी बिरामीका परिवारलाई थप पीडा दिइएको बिरामी र तिनका आफन्तले प्रमाणसहित जानकारी गराएका हुन् । इलामको नयाँबजार घर भएका ५९ वर्षीय लीलाबहादुर निरौलालाई बिर्ता सिटी अस्पतालले नशा सुकेको भनी औषधी खान दियो । तर पटक पटक अस्पताल धाउँदा पनि सुधार भएन । सिटी स्क्यान, एमआरआई लगायत परीक्षण गर्दा पनि रोग पत्ता नलागेको भनियो तर बीएण्डसीमा आएर परीक्षण गराउँदा ट्युमर भएको पाइए पछि अहिले अपरेशन गरेर सुधार भएको बताए ।
 मोरङको भौंडाहाका ३० वर्षीय जयराम सरदारले आफ्ना ससुरा फुलेन सरदार (५०) लाई बीएण्ड सीमा भर्ना गराएका छन् । फर्निचरमा काम गर्ने फुलेनको दाहिने हातको चारवटा औंला काटिएकोमा उपचारार्थ बिराटनगरको नोबेल अस्पताल र न्यूरो अस्पतालमा  लगिए पनि त्यहाँबाट बीएण्डसी पठाइदिएको थियो । हाल सरदारका औंलाको शल्यक्रिया गरी जोडिएको छ ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा अत्याधुनिक प्रविधिको प्रयोगमा ७२ जना दक्ष चिकित्सकले सेवा प्रदान गरिरहेकाले अहिले यहाँ बिरामीहरु रिफर भएर आउने क्रम बृद्धि भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताए । उनले आफ्नै वरिपरीका अस्पतालहरुले यहाँको उच्च प्रविधिको उपयोग गरी बिरामीको उपचारार्थ पठाउनु पर्नेमा बिराटनगर, धरान तथा सिलगडी पठाएर बिरामी र तिनका परिवारलाई भेडाबाख्राजस्तो बिक्रीको साधन बनाएको आरोप लगाए । 

Post a Comment

Powered by Blogger.