पत्रकार आक्रमणको निन्दा
झापाको गौरीगञ्ज गाँउपालिकामा समाचार संकलनका क्रममा पुगेका तीनजना पत्रकारहरु माथि बिहीबार साँझ भएको आक्रमणको घटनाप्रति नेपाल प्रेस यूनियनले भत्सर्ना गरेको छ । जारी मतगणनास्थलमा समाचार संकलनका क्रममा त्यहाँ पुगेका पत्रकारत्रय नगेन्द्रमणि न्यौपाने, आत्माराम राजवंशी र निरज अग्रवालमाथि आक्रमणको घटनाले समग्र पत्रकारहरु नै असुरक्षित भएको भन्दै यूनियनले घटनाको निन्दा गरेको हो ।
यूनियन झापाका जिल्ला सचिव गिरीराज भट्टराई र यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकका अध्यक्ष विष्णु सुब्बाको संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर पत्रकार माथि भएको आक्रमणको घटनाप्रति भत्सर्ना गर्नुका साथै पेशागत सुरक्षाको माग गरेका हुन्
। यूनियनले पत्रकारको पेशागत स्वतन्त्रततालाई माओवादीले सम्मान गर्नुका सट्टा उनीहरुको पेशामाथि चुनौती दिएर आक्रमणको प्रयास गरिनु अत्यन्त निन्दनीय भएको ठहर गरी विज्ञप्ति जारी गरिएको । यूनियनले त्यस घटनामा संलग्न आक्रमणकारीलाई खोजी गरी कारबाही गर्न प्रशासनको ध्यानकर्षण गराउँदै प्रेसप्रति सम्मान व्यवहार गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जनाइएको छ।
Post a Comment