Halloween party ideas 2015



भद्रपुर, १८ जेठ । विश्व दुग्ध दिवसको अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड झापाले महारानीझोडामा आज एक कार्यक्रमको आयोजना गरि भव्य रुपमा मानाएको छ । कार्यक्रमलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गाईलाई घांस खुवाएर उद्घाटन गरे । मानव जीवनमा पहिलो आहारको रुपमा रहेको दुग्धको अव ब्याबसायिक उत्पादन हुनु पर्ने, एक जनालाई बार्षिक रुपमा ९० लिटर दुग्ध आवश्यक पर्ने तर अहिले जनही ६४ लिटर दुग्ध मात्र उपलब्ध हुने गरेको र झापा बार्षिक ९३ हजार नौ मेट्रिक टन दुग्ध उत्पादन भइरहेकोमा यसवर्ष ३.८ प्रतिशत उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालय भद्रपुरका चिकित्सक कुमारसिंह खत्रीले जानकारी दिए । सो अवसरमा प्रमुृख अतिथि प्रजिअ खत्रीले मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको उत्पादन बढाउनुको बिकल्प नरहेको वताए । कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशनालय विराटनगरका निर्देशक डा.तेजबहादुर रिजालले दुग्धको उत्पादनसंगै गुणस्तर र मूल्यमा पनि किसानले ध्यान दिनु पर्ने कुरामा जोड दिए । महारानी साना किसान सहकारी संस्था लिमिटेडकी अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय भद्रपुरका बरिष्ठ पशु चिकित्सक डा.माधव दाहाल, विभिन्न सहकारीमा आवद्ध बेदनिधी चापागांई र श्याम मिश्र लगायतले बालेका थिए । 

Post a Comment

Powered by Blogger.