Halloween party ideas 2015









कला र मनोरञ्जन एकले अर्काका परिपुरक हुन् तर पाटा फरक छन् भनियो भने फरक अर्थ लाग्न सक्छ तर यो यथार्थ हो । कसैले मनोरञ्जन लिन सक्छ तर त्यो मनोरञ्जनको लागी कला कति निखारिनु या तिखारिनु पर्छ त्यो अनुभव भलै कलाकार बाहेक अरुले संगालेको होला । त्यसैले पनि कला र मनोरञ्जन दिने र लिने अर्थ बोकेका परिभाषा हुन् । कलाकारिता क्षेत्रमा प्रवेश गर्ने एउटा रहर अनि खोजिने बाटो, बनाउँनु पर्ने सम्बन्ध या खर्चिनु पर्ने धन र समय । तै पनि शुन्य उपलब्धी । केही समयको संगत नशालु पद्धार्थको प्रयोग गरे झैं लट्ठ । मनोरञ्जन लिनेहरुले हेर्दा के के न भएको जस्तो तर व्यथा आ आफ्नै कलाकारहरुका । प्रवेश भई सके पछि निस्किनै नसकिने न त धान्न पुग्छ जिन्दगी । आखिर किन हुन्छ त यस्तो ? रहर मात्र गर्नु भन्दा पनि आफूमा विधा सुहाउँदो शरिर वा कौशलता छ कि छैन ? त्यता तिर ध्यान दिदैनन् कलाकारहरु त्यसैले सँधै पछि पर्ने गरेका छन् । तर यस्ता अपवादहरुलाई चिरेर देखाउँने अनि आफ्नो विधालाई बैकल्पिक परिवर्तनमा नलग्ने सोचका साथ कलाकारिता क्षेत्रमा प्रवेश गरेका सम्भावित युवा हुन् प्रल्हाद चौहान । हरेक प्रश्नहरुको आत्मविस्वासका साथ तत्काल जवाफ दिने चौहान साहसको प्रतिफल सम्भव हो भन्छन् तर जिवनमा सम्भवको कुनै बिकल्प नभएको बताउँछन् । मात्र सकारात्मक सोच र थालनीको आवश्यकता छ । यसको मतलव सबै सम्भव छ एक भेटमा उनले भने । नेपालको पूर्वी जिल्ला ताप्लेजुङको साविक आम्बेगुदिनमा २२ वर्ष अगाडी हरिकृष्ण र प्रमिला चौहानको कोखबाट जन्मिएका प्रल्हाद सानै देखि केही न केही गरेर देखाउँने र धेरै मान्छेहरु माझ आफ्नो परिचय स्थापित गराउँने सोच राख्ने गर्थे । एउटा बिकट जिल्लामा बसेर त्यो सोच साकार हुने अवस्था थिएन तर उनलाई समयले साथ दियो उनी २० वर्षको हुँदा उसको मोडले झापाको विर्तामोडमा ल्याएर छोडिदियो। उनले आफ्नो सपना साकार पार्ने क्षेत्रको रुपमा कलाकारितामा भविश्य देखे अनि ६ महिना अगाडी काठमाडौं प्रवेश गरे । कन्काई क्याम्पस बिर्तामोडमा स्नातक तहको अध्ययनलाई पनि कायम राखेका चौहान मण्डला थिएटरमा अभिनय पनि सिकि रहेका छन् । यस क्रममा उनले हालसम्म योग सुनुवारको स्वर रहेको गीत तिम्रो नजरमा म आएँ, शम्भू न्यौपानेको लैजाउ मेरो मुटु काटेर, नबिन खड्काको हेरि देउ यो आँखामा लगायतको आधा दर्जन जति गीतहरुमा आफ्नो अभिनय कौशलता देखाई सकेका छन् । तेश्रो लिङ्गी भएका व्यक्तिहरुको सेवामा समर्पित ब्ल् डाईमण्ड सोसाईटीले मौसम भटट्राईको निर्देशनमा निर्माण गरेको चलचित्रमा सह नायकको भूमिका निर्वाह गरेका चौहान अर्जुन थापाको मन मनै माया र प्रकाश कँडेलको सुपर डनमा पनि अनुबन्धित भई सकेका छन् । छोटो समयमा नै व्यस्त बन्न पुगेका प्रल्हाद चौहान कति पय प्रस्तावहरु समयाभावका कारण छोड्नु पर्दा आफूलाई दुख लागेको बताउँछन् । समय र सम्बन्धलाई एकनासले अगाडी बढाउँन जोड दिनु पर्ने धारणा राख्ने चौहान सुपरस्टारको उपाधी चुम्न लालायित छन् । त्यसैले अन्तिममा पनि हाँस्दै भने जिवनमा सम्भवको बिकल्प छैन । छ त केवल सम्भव, सम्भव अनि फेरि सम्भव ।

Post a Comment

Powered by Blogger.