Halloween party ideas 2015


गौरिगन्ज गाउपालिका १लाई नेकपा एमाले ले आफ्नो मजबुत बिजयी आधार भएको वडाहरूमध्ये एक मान्दछ । यही वडामा नेकपा एमाले बाट वडा अध्यक्ष उम्मेद्वारका रूपमा गोबिन्द कुँवर चुनावी मैदानमा छन् । लोकप्रिय, विकासप्रेमी तथा सामाजिक छवि भएका कुबर सरल स्वभावका कारण चर्चित मात्र हैन सर्वप्रिय बनेका मानिन्छन् ।

सहकारी संस्था, सामाजिक संस्थामा रहेर काम गरेका कुबर एक सफल पुरानो ब्यबसायी हुन। सामाजिक संघसंस्थामा रहेर कुशलतापूर्वक काम गरेका कुबर लोकप्रियताका कारण विपक्षीका लागि कुबर हाउगुजी बनेका छन् ।

यतिबेला जनताको घरदैलोमा पुगेर कुबर जीतका आधार तयका लागि वडाको टिमसहित चुनावी रणनीतिमा व्यस्त छन् । वडालाई बिभिन्न भौगोलिक खण्डमा बिभाजित गरेर सबै खण्डमा कुबर सम्मिलित टिमले आफ्नो एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । युवा तथा विकासप्रेमी मानिने कुबर युवा केन्द्रित सोचाइबाट विकासका खाका बनाएका छन् ।कुबर ले सडक निर्माण, ढल निकासी, युवा, महिला, अपाङ्ग, दलितलाई रोजगारीको अवसर, खानेपानी, सुकुम्बासी, समस्याको समाधान, शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पु¥याउने नदि कटान नियन्त्रण गर्ने, बजार बिस्तार माहाभारा लाई तिब्रगतिमा बिकास निर्माणका कार्यहरु लाई पूरा गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कुबर आफूलाई स्थानीय तह सञ्चालनमा आफूलाई समस्या नहुने भन्दै स्थानीय तहलाई जनउत्तरदायी, पारदर्शी, भ्रष्टाचारमुक्त गराउन आफू कटिबद्ध भएर लाग्ने समेत बताए । उनले एकएक मतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दे मतदाताको विश्वास पूरा गर्ने बताए ।

Post a Comment

Powered by Blogger.