सितापुरी (कमल), १० असार–यही १४ गते हुन लागेको स्थानीय निकायको दोश्रो चरणको निर्वाचनमा आफ्नो जित सुनिश्चित पार्न नेकपा एमाले कमल गाउँपालिकाले आज विहान मानव साङ्लोे कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपालिका वडा नम्बर ३ केरखादेखि वडा नम्बर ५ को रतुवा खोलासम्म करिव ५ किलोमिटर सडकमा एमाले समर्थक हजारौ मतदाताले मानव साङ्लोे बनाएका थिए ।
मानव साङ्लोे पछि सितापुरीमा सम्पन्न कोणसभामा बोल्लै गाउँपालिकाका अध्यक्ष उम्मेदवार मेनुका काफ्लेले एमालेको जित सुनिश्चित भएकोले अब अविरजात्राका लागि असार ४ गतेसम्म पर्खनु परेको बताइन् ।
आफू महिला भएकोले विपक्षिहरुले विभिन्न भ्रामक प्रचार गरेकोले त्यसो नगर्न काफ्लेले अनुरोध गरेकी छिन् । उनले जनता सचेत भएका छन् भ्रामक र आधारहिन कुराहरु लिएर जादाँ जनताले सहि र गलत आफै छुट्याउने जिकिर गरिन् ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार बेणु शिवाकोटील कमल गाउपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक पदम पौडेललगायतले बोलेका थिए ।
Post a Comment