Halloween party ideas 2015

धुलाबारी          
झापा अर्जुनधारा नगरपालिका वडा नम्वर ५ निवासी ईन्सल खनाल अपहरणमा नपरेको र स्वयम् खनालले आफु अपहरणमा परेको गलत हल्ला फैलाएको  जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । 
प्रहरी कार्यलय झापाले आज विज्ञप्ती जारी गर्दै ३७ वर्षिय खनाल आफैले अपहरणमा नपरेको प्रहरी सामु बयान दिएको जनाएको छ । २०७४ जेठ २ गते बेलुकाको समयमा घरबाट विर्तामोड आएका उनलाई ३ , ४ जना नचिनेको समुहले अपहरण गरेको उजुरी परेपछि खोजतलास गर्दा स्वयम् उनले अपरहणमा नपरेको स्वीकार गरेको प्रहरीको विज्ञप्तीमा भनिएको छ । प्रहरीले अनुशन्धान र खोजतलास गर्दै जादा जेठ ३ गते दिउसो आफुुलाई नचिनेका मानिसहरुको समुहले बिर्तामोड नगरपालिका वडा नं. ५ स्थीत शनिश्चरे रोडबाट अपरहरण गरी आफुसँग भएको नगद तिन लाख तथा मोवाएल समेत लगेको र अपहरणकारीले सुनसरी स्थित सर्दुखोलाको जंगलमा छाडेको खनालले बयान दिएका थिए । आफु उक्त जंगलबाट इटहरी सम्म सिटि रिक्सामा आएको भनि उनले  जाहेरी दिएको प्रहरीले जनाएको छ ।
तर थप अनुसन्धान तथा छानमिन गर्दा खनालले आफ्नो आर्थिक व्यवहार तथा कारोबार विग्रेकाले  मानसिक तनावका कारण अपहरण परेको झुटो विवरण दिएको प्रहरी सामु बयान दिएको विज्ञप्तीमा भनिएको छ । आफुलाई कसैले अपहरण नगरेको र अपहरणकारीले लगेको रकम घरको कोठाको रहेको साथै मोवाएल गाडिमा पश्चिम तर्फ जादा माईधारमा सडक किनार छेउको झाडिमा फ्याकेको प्रहरी  सामु बयान दिएको प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ । खनालको बयानको आधारमा घरमा र माइधारको झाडिमा गएर हेर्दा पैसा र मोवाएल भेटिएको बताईएको छ । 
प्रहरीले खनालको वयानको आधारमा उनको घरको कोठाबाट एक लाख चौरासी हजार नगद फेला परेको , खनालले सोह्र हजार खर्च गरेको र तिन लाख भनिएको नगदमा दुई लाख मात्र वास्तवीक नगद भएको प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ । आफु अपहरणमा परेको भनी भ्रममा पारी काल्पनिक रुपमा गलत समाचार अपवाह फैलाई गाउ समाजका मानिस, आफन्तहरु तथा शान्ति सुरक्षार्थ खटिएका राष्ट्र सेवक प्रहरी समेतलाई दुःख हैरानी दिने,  स्थानीय शान्ती सुरक्षामा खलल पुर्याई  समाजमा त्रसित आतंकित वातावरण सृजना गरेको र  झुट्ठा प्रतिबेदन समेत दिने खनाललाई  जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

Powered by Blogger.