Halloween party ideas 2015

गत मंसीर ९ गते रामेछापको थानादेवीमा विभत्स हत्या गरिएका झापा, कमलगाँउ पालिका–५ का ट्याकसी चालक विशाल खड्काका परिवारलाई बिमा वापतको २७ लाख रुपैया पाएका छन् ।
हिजो दमकमा एक कार्यक्रम गरि खड्काका श्रीमती लक्ष्मी राई खड्का र दिदी नैनकला खड्कालाई सो रकम हस्तान्तरण गरिएको हो ।
पीडित परिवारलाई मृत्यु विमा वापतको रकम ५ लाख र गाडी विमा वापतको रकम २२ लाख क्षतिपूर्ति वापत सो रकम प्रदान गरिएको नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिका निर्वतमान अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनु भयो  । 
सो  विमाको रकम सगरमाथा इन्सुरेन्स कम्पन्नी मार्फत भुक्तानी गरिएको हो । सो अवसरमा कांग्रेस महासमिति सदस्य टिकाराज सापकोटा, एमालेका नेता बेणु शिवाकोटी, मजदुरहरु, पीडित परिवार लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

Powered by Blogger.