नेपाल आइडलको चर्चा पछिल्लो समयमा विविध कारणले भइरहेको पाइन्छ । विशेष गरी निर्णायकहरुको निर्णय क्षमताको विषयलाई लिएर पछिल्लो समय निकै विवाद र चर्चामा आएको यस शो लाई चर्चित गायक गायिकाहरुको सहभागिताले पनि थप चर्चा थपिदिएको छ । नेपाल आइडलको काठमाण्डौँ अडिसनमा यसअघि नै नेपाली तारामा विजेता बनेका प्रताप लामाले समेत अडिसन दिएर धेरै अच्चम्मित पनि भएका छन् । त्यसो त राम्रैसंग नियाल्ने हो भने दर्जनौँ गीत निकालेकाहरुले पनि नेपाल आइडलमा सहभागिता जनाएको पाइन्छ । यसै शिलशिलामा नेपाली ताराका टप टेनमा पुग्न सफल गायक प्रताप दास पनि नेपाल आइडलको काठमाण्डौ अडिसनमा छानिएका छन् । रोचक कुरा त अझ के छ भने प्रताप दास र इन्दीरा जोशी दुवैले अहिलेको बहुप्रतिक्षित सिनेमा प्रेमगीत २ मा यस अघि नै अहिलेको चर्चित गीत मोटरसाइकलमा संगै रेकर्ड गराइसकेका छन् । उनीहरुले संगै गीत गाएका भए पनि निर्णायकको रुपमा रहेकी इन्दीराले भने प्रताप दासलाई चिन्नै सकिनन् । तर प्रतापको आवाजको भने खुलेरै तारिफ गरिन् । जुन तलको लिंकमा हेर्न सक्नुहुन्छ ।
प्रेमगीत २ का निर्माता सन्तोष सेनले नयाँ प्रतिभालाई सम्मान गर्दै आफ्नो सिनेमामा काम गराएको भन्दै उनीहरुले नेपाल आइडल जस्तो खुल्ला प्रतियोगितामा आफ्नो सिनेमाका गायकले प्रतिस्पर्धा गर्दा खुशी लागेको बताएका छन् । त्यस्ता प्रतियोगीताबाट अझ प्रतिभा तिखारिने भएकोले अझै अगाडि बढ्दै नेपाल आइडलको टाइटल जित्न सफलहोस् भन्दै प्रतापलाई शुभकामाना दिएका छन् । हेर्नुहोस् प्रेमगीत २ मा इन्दिरा जोशी र प्रतापले गाएको गीत
Post a Comment