नेपाली कांग्रेस कमल गाँउपालिकाले स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारसहित विभिन्न तीन चार वटा उपसमितिहरु गठन गरेको छ ।
हिजो तोपगाछीस्थित पार्टी कार्यालयमा सम्पन्न गाँउस्तरिय भेलाले पूर्व महाधिबेशन प्रतिनिधी राजन ढुंगानाको संयोजकत्वमा क्षेत्रीय सदस्य धर्मानन्द भट्टराई सचिव रहेको २ सय २५ सदस्यीय प्रचार प्रसार समिति गठन गर्नुका साथै महासमिति सदस्य टिकाराज सापकोटाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक उपसमिति, गोपालचन्द्र भुजेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन र महेन्द्र बुढाथोकीको संयोजकत्वमा चुनावी घोषणा पत्र तयारी उपसमिति गठन गरिएको छ ।
भेलाले आसन्न निर्वाचनमा साविक लखनपुर र तोपगाछीका सवै वडासहित गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गराउन एकतावद्धका साथ लाग्ने निर्णय भएको तरुण दलका जिल्ला उपाध्यक्ष तथा युवा नेता राजकुमार न्यौपानेले जानकारी दिए ।
त्यस अवसरमा पाटीृका तर्फबाट गाँउपालिकाको अध्यक्षका प्रत्यासी हुकुमसिंह राई, उपाध्यक्षका उम्मेदवार दिपा गौतमलगायतको उपस्थिती रहेको थियो ।
यसैवीच हिजोनै कमल गाँउपालिका वडा नम्बर ६ मा कांग्रेसले घरदैलो कार्यक्रम शुरु गरेको तरुण दलका गाँउ सभापति पवन लुईटेलले बताएका छन् । वडा समितिले पार्टीका तर्फबाट वडाध्यक्षका प्रत्यासी प्रमोदकुमार दाहालसहितका उम्मेदवार, कार्यकर्ताहरुले त्यस वडाका केहि भागमा पार्टीलाई भोट माग्दै घरदैलो गरेका थिए ।

Post a Comment