अाज मिति २०७४/१/२६गते जीवन चक्र समाज नेपालकाे परिकल्पना काे दाेस्राे बर्ष पूरा गरि तेस्रो बर्ष लागेको अवसरमा दमकस्थित आस्था कलेजमा जनचेतनामुलक कार्यक्रम गरेको छ । समाजका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सवारी दुर्घटना न्यूनिकरणका लागि पालना गर्नुपर्ने ट्राफिक नियमका बारेमा ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेश चन्द्र अधिकारीले जानकारी गराउनु भएकाे थियो । कार्यक्रममा समाज सेवी ,शिक्षाक बर्ग,हरेक संघसस्थाका प्रतिनिधीहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा आस्था कलेजका विद्यार्थीहरकाे सहभागीतामा उनीहरुलाई ट्राफिक नियम पालना सम्बन्धी ज्ञानहरु दिईएको थियो । साे कार्यक्रम समाज का प्रबक्ता प्रदिप राज पाैडेल ले संचालन गर्नुभएकाे भन्दै संस्थाका उपाध्यक्ष शिद्धाथ दहालले बताउनु भएकाे छ ।
Post a Comment