Halloween party ideas 2015




दमक बैशाख २३, मन कुमार गदाल
दमक रन समुहले आज ५ किलो मिटर दोस्रो मिडिया कप दौड प्रतियोगिता झापाको दमकमा सम्पन्न गरेको छ ।
प्रतियोगितामा सबैलाई पछि पार्दै पाथिभारा एफ .एम. दमकका पत्रकार चिरञ्जीवी घिमिरेले प्रथम स्थान हात पार्नु भएको हो । उहाँले २२ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्नु भएको थियो । यसै गरी स्टार एफ .एम. दमकका सञ्चारकर्मी पदम खड्का दोस्रो हुनु भएको छ । उहाँले २४ मिनेटमा दुरी पार्नु भएको थियो । त्यसै गरी सञ्चारकर्मी उत्तम रिजालले २७ मिनेट ३५ सेकेण्डमा दुरी पार गरी तेस्रो स्थान हात पार्नु भएको थियो ।
पत्रकार महिला तर्फ भएको ३ किलोमिटर दौडमा झापा रेडियोको सञ्चारकर्मी नबिना थापाले पहिलो स्थान हात पार्नु भएको थियो । उहाँले १६ मिनेट १८ सेकेण्डमा दुरी पार गर्नु भएको थियो । झापा रेडियोकै सन्जु  निरौला दोस्रो र हिमशिखिर टेलिभिजन दमककी गीता घिमिरे तेस्रो हुनु भएको थियो । उहाँहरुलाई रन समुहका उपाध्यक्ष दिवस राईले पुरस्कार प्रदान गर्नु भएको थियो ।  प्रतियोगितामा ५ दर्जन जति हाराहारीमा स्थानिय सञ्चार संस्थाका पत्रकार तथा मिडियाकर्मी सहभागी भएका थिए ।

Post a Comment

Powered by Blogger.