मोरङको उर्लाबारी नगरपालिका ९ बोर्डरलाइनमा मावा खोलामा बनेको पोखरी डुबेर ४० वर्षीय रामबहादुर विश्वकर्मा बेपत्ता हुनु भएको छ ।
झापा घर भए पनि विश्वकर्मा केही समय यता मोरङको रतुवामाई नगरपालिका १० इटहरामा बस्दै आउनु भएको थियो । छिमेकीको शौचालय सफा गरेपछि नुहाउन नजिकैको पोखरीमा जानु भएका उहाँ त्यहीं डुबेर बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार झापा र मोरङको सीमाना भएर बग्ने मावा खोलामा आएको बाढीले बनाएको अस्थायी पोखरीमा जमेको पानीमा डुबेर विश्वकर्मा बेपत्ता हुनु भएको हो । थापाका अनुसार पोखरीमा डुबेको देखेर पत्नी दिलमायाँ विश्वकर्माले विहान १० बजे प्रहरी र स्थानीय बासिन्दालाई खवर गर्नु भएको थियो । विश्वकर्माको खोजीका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिए पनि दिउँसो १ बजे सम्म फेला पार्न नसकिएको उहाँले बताउनु भयो ।
Post a Comment