Halloween party ideas 2015

सुरुङ्गा, ८ जेठ । सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा एक समारोहकाबीच ११ जना सेवानिवृत्त प्राध्यापकलाई हार्दिक बिदाई गरिएको छ ।
अनिवार्य अवकाश तथा स्वैच्छिक अवकाश लिने प्राध्यापकहरु कोमलप्रसाद पोखरेल, त्रिलोचन मैनाली, चन्द्रलाल सुबेदी, बालकृष्ण बिष्ट, मोहनप्रसाद खरेल, उत्तमप्रसाद भट्टराई, युवराज शर्मा, रचना शर्मा, शेखर शर्मा, गोपालप्रसाद दाहाल र पूर्णेन्द्र घिमिरेलाई सम्मान तथा बिदाई गरिएको हो । बिदाई हुने प्राध्यापकहरुलाई उनीहरुले क्याम्पसको समुन्नतिमा पु¥याएको योगदानको मूल्यांकन गर्दै क्याम्पस सञ्चालक समिति, क्याम्पस सभा, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरु सहभागी रहेको कार्यक्रममा सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले जानकारी दिए । उनीहरुको भिन्नाभिन्नै समयमा अवकाश भए पनि एकमुष्ठ बिदाइ गरिएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केदारप्रसाद गिरीको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित प्राध्यापकहरुलाई असली आठकाण्ड रामायण मायाको चिनोस्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा बिदाई हुने प्राध्यापकहरु कोमलप्रसाद पोखरेल, त्रिलोचन मैनाली, चन्द्रलाल सुबेदी, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तिलचन्द्र उप्रेती, क्याम्पस प्रमुख टंकबहादुर कार्की, क्याम्पस सभा अध्यक्ष हिराकुमार थापा, पूर्व सहायक क्याम्पस प्रमुख जीवनाथ सुबेदी, प्राध्यापक संघ सभापति हरिप्रसाद तिम्सिना, विद्यार्थी प्रतिनिधि नविन राई लगायतले मन्तव्य राखेका थिए । उपप्राध्यापक कुलेन्द्र मैनालीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्राध्यापक संघका सचिव विकासप्रसाद उप्रेतीले गरेका थिए ।

Post a Comment

Powered by Blogger.