Halloween party ideas 2015

झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा मनिष राजवंशीको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।
सोमबार गठित क्लबको उपाध्यक्षमा निशा भुजेल, सचिव सुनिता राजवंशी, सहसचिव अभिषेक कटुवाल र कोषाध्यक्ष नुरेशा खातुन चयन भएका छन् । समितिका सदस्यहरुमा सुजन विर्जा, देविका भुजेल, राजन वि.क., प्रिति खड्का, समिक्षा लुहागुन र रिंकु खड्का रहेका छन् ।
क्लबका संरक्षक शिक्षक पदम प्रसाद मिश्र र सह संरक्षक शिक्षक प्रमिला ढुंगाना चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले बाल क्बलका काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो  

Post a Comment

Powered by Blogger.