राजु पोख्रेल ,
दमक सरकारले नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले झापाका अधिकाशं गाउँ र नगरपालिकाहरुमा आसन्न स्थानिय चुनाव का लागि उम्मेदवाहरुको टुङ्गो लगाएर चुनावि अभियानमा होमिएको छ ।
दमकमा मेयर र उपमेयर पदका उम्मेदवार को टुङ्गो माओवादी केन्द्रले गएको फागुन २१ गते नै लगाएर औपचारिक रुपमै देशभरमै पहिलो पटक उम्मेदवार सर्वाजनिक गरेको थियो
उसले पार्टी को तर्फबाट दमकको मेयरमा स्थानिय युवा तथा पार्टीका क्षेत्रिय ईञ्चार्ज गगन पुरी (रेवत राज )र उपमेयरमा महिला नेतृ तथा आदिवासी जनजाति महासघंकि
केन्द्रिय सचिव समेत रहेकि शान्तीदेवी धिमाललाई उम्मेदवार बनाएर चुनावि अभियानमा होमिसकेको छ । त्यस लगतै दमकका सबै १० वटै वडामा वडा तहका उम्मेदवारको टुङ्गो माओवादी लगाई सकेको छ ।
दमकसंगै जोडिएको कमल नगरपालिकामा माओवादी केन्द्रले कानुन विषयका जानकार अधिवक्ता विमल सग्रौलालाई अध्यक्ष र गौरी राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज समेत रहेको स्थानीय नेता पुष्प ढकाललाई मेयर र अर्पना राजवशींलाई उपमेयरको उम्मेद्वार बनाएको छ । त्यस्तै गौरीगञ्ज गाउँपालिका मा तत्कालिन माहाभारा गा.वि.सका बासिन्दा तथा माओवादी युद्घकालिन युवा नेता विद्यानन्दसिं राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेद्वार बनाउने तयारी गरेको छ । त्यसैगरी शिवसताक्षी नगरपालिकामा माओवादी केन्द्रले युवा नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत रहेका अर्का युद्घकालिन नेता महेन्द्र भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरको टुङ्गो लागिसकेको छैन । त्यसैगरी विर्तामोड नगरपालिकाको मेयरमा माओवादी केन्द्रका अर्का युवा नेता सीपि कडरिया र उपमेयरमा लक्ष्मी न्यौपाने, भद्रपुरको मेयरमा शिवराज राजभण्डारी र उपमेयरमा स्वर्णिका सिंह, मेचिनगर नगरपालिकाको मेयरमा हंसनारायण राजवशीं र उपमेयरमा इन्दिरा कार्की ( आयुष ) कचनकवल गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाँइ र शनिअजुर्न नगरपालिकाको मेयरमा भुपेन्द्र न्यौपाने र उपमेयरमा अस्मिता तामाङलाई उम्मेद्वार बनाएको माओवादी स्रोतले जनाएको छ । बुद्घशान्ति, बाह्रादसि र हल्दिबारी गाउँपालिका तथा कन्काइ नगरमा जेठ १० गते भित्र उम्मेद्वारको टुंगो लगाउने माओवादीको तयारी रहेको बुझिएको छ ।
Post a Comment