Halloween party ideas 2015

 No automatic alt text available.
दमकको उत्तरी क्षेत्र मा निर्माण गरिने संसारकै अग्लो बुद्धमूर्ती सहितको पार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन–डिपिआर पूरा भएको छ । संसारकै अग्लो ५ सय ४० फिटको बुद्ध मूर्ती सहितको पार्क तथा सो क्षेत्रलाई दमक बिराट बुद्ध भिलेज नामाकरण गरिएको छ । त्यसको डिपिआर मल्टि डिसिप्लिनरी न्सल्ट्याण्ट, डिजाईन कन्सल्ट्याण्ट र ए नट आर्टीटेक्चरले संयुक्त रुपमा तयार पारेका हुन् । डीपीआर तयार पार्ने समुहका टिम लिडर दिपक थापाका अनुसार फलाम र पितलले निर्माण हुने मूर्तीमा मात्र साढे ११ अर्व र सवै संरचनामा १७ अर्व ९५ करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।
डीपीआर तयार भई सके पछि अब लगानीवोर्ड मार्फत श्रोत जुटाउने प्रकृया थालिने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो । डिपिआर प्रकृया पूरा भए पछि सक्षम निर्माण कम्पनी मार्फत निर्माण प्रकृया अघि बढाईने उहाले बताउनुभयो । बुद्धमूर्ती सहितको पार्क स्थापनाले दमकमा संसारका बौद्धमार्गी पर्यटकहरु आकर्षित हुने उहाको आशा छ । चीन, थाईल्याण्ड, बर्मा, जापान, कम्बोडीया, ताईवान लगायतका देशका पर्यटकहरु दमक आउन थाले पछि यहाँको व्यवसायीक वातावरण स्वतः बढ्ने र यसले समग्र अर्थतन्त्रमा टेवा पुर्याउने उहाले बताउनुभयो । यो योजना आर्थिक वर्ष २०७२-७३ को सरकारको नीति तथा कार्यक्रममा समेत परि सकेको योजना हो । बुद्ध जन्मेको पवित्र तीर्थस्थल लुम्बिनी, पर्यटकीय स्थल पोखरा, नेपालकै होचो भूभाग केचना र संसारकै अग्लो बुद्धको मूर्ति स्थापना हुने दमकलाई अन्तर्राष्ट्रिय बुद्ध वृत्तसँगजोडिने सरकारको नीति तथा कार्यक्रममा जनाईएको थियो ।

Post a Comment

Powered by Blogger.