बेलबारी / नेकपा (माओवादी केन्द्र)को मेरङ बेलबारी नगरपालिकाको लागि मेयर पदमा पार्टीले तिलकप्रसाद राईलाई उमेद्वारी उठाउने भएको छ । पार्टीको नगरसमितिको आज(सोमबार) बसेको बैठकले राईलाई उमेद्वारी उठाउने निर्णय गरेका नगर इन्चार्ज बिनितिा घिमिरे(सामना)ले बताइन् ।
उमेद्वार तिलकप्रसाद राई पार्टीको केन्द्रीय सदस्य, नगर संयोजक तथा पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष हुन् । राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिव र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको अध्यक्ष समेत हुन् ।पार्टीले बेलबारी नगरको लागि उपमेयरमा शुसीला भट्टराईलाई उठाउने भएको छ । त्यसैगरी २ देखि ११ नम्बर वडा अध्यक्षहरुमा क्रमस .रणजित गुरुङ, प्रकाश मादेन, रामकुमार राई, ध्यानबहादुर बन, केबल राई, उर्मिला राई, प्रभाकर राजवंशी, नगेन्द्र खड्का, धुर्ब महत, बिरेन्द्र खाति चयन गरेको छ । वडा नम्बर १ को अध्यक्षको उमेद्वार भने केही दिनपछि निर्णय हुने सो पार्टीले जनाएको छ ।
Post a Comment