Halloween party ideas 2015


जसमा प्रतियोगिताका टप रेटेड एभरेष्ट इङ्गलिस बोर्डिङ्ग स्कुल झापा दमकका क्रिस अधिकारी,खुस्बु थापा,प्रज्वल बस्नेत,प्रशान्त शाहा, आयोजक सनसाइनी खुसी मुखिया,आसिष पाण्डे, सक्षम भण्डारी,आदेश दाहाल, लभ कार्की,श्रृजन खड्का र आष्मा थापा, मोरङ्ग मधुमल्लाका रोशन दनुवार र झापा मोडल दमकका लाक्पा तामाङ्ग समान दुई अंक जोड्दै दुवै खेलमा विजयी भएका छन् । पशुपतिका अर्जुन लुइटेलको १.५ अंक रहेको छ । पहिलो राउण्डमा बराबरी खेलेका उनले दोस्रो राउण्डमा मोरङ्ग मधुमल्लाका अंकित बस्नेतलाई पराजित गरेका थिए ।
आस गरिएकी एभरेष्टकी क्रिपा अधिकारी भने दोस्रो राउण्डमा पराजित भइन् । उनी आयोजकका आसिष पाण्डेसँग पराजित भएकी हुन् । त्यस्तै आयोजककै मिसन दाहाल,समिर खड्का,आदित्य दाहाल,सौरभ दुलाल, सैलेश दुलाल,कुश कार्की, शुनगाभा इङ्गलिस स्कुल मोरङ्गका दिपेन्द्र खनाल,एभरेष्ट इङ्गलिस स्कुल पथरीका हाङ्गचोम लिम्बु र नरेन्द्र मेमेरियल दमकका शिभम शाहाको समान एक अंक रहेको छ ।
आज तीन राउण्ड खेल हुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिनु भयो । प्रतियोगितामा झापा र मोरङ्गका एघार विद्यालयका ५४ खेलाडीहरुको सहभागिता रहेको छ ।
१४ जेठ, २०७४

Post a Comment

Powered by Blogger.