Halloween party ideas 2015

image

दमक 
आगामी जेठ ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि नेपाली कांग्रेस दमक वडा नम्बर ९ ले प्रचार समितिको कार्यालय हिजो उद्घाटन गरेको छ ।
पार्टि महाधिवेसन प्रतिनिधि घनेन्द्र राज योङयाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हरि सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कांग्रेसको तर्फबाट दमक नगरपालीकामा मेयरका उम्मेद्वार ढुण्डीराज भण्डारी, उपमेयरका उम्मेद्वार रेगिना भट्टराई प्रसाईं, वडा अध्यक्षका उम्मेद्वार सोमराज तामाङ, कार्यवाहक क्षेत्रीय सभापती चुडेन्द्र खड्का, दमक क्याम्पसका प्राध्यापक डाक्टर नेत्र बहादुर बुढाथोकी, कांग्रेस नेतृ चन्द्रा खड्का लगायतले बोल्नु भएको थियो ।

वडामा र नगरमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि पार्टिका वडा सभापती राजकुमार गौतम र राजेन्द्र वाईवाको सम्योजकत्वमा ५१ सदस्सीय प्रचार प्रसार समिति र हरि सुवेदीको सम्योजकत्वमा अनुगमन समिति समेत गठन गरिएको कांग्रेस दमकका बरिष्ठ नगर सदस्य पर्शुराम रिजालले जानकारी दिनुभयो । 


Post a Comment

Powered by Blogger.