Halloween party ideas 2015

image
सुरुङ्गा ।।
झापाको सुरुङ्गा स्थीत कोटीहोममा  भेन्टीलेटर सहितको सर्पदशं उपचार सेवा सुभारभ्भ भएको छ । कनकाई सहारा सर्पदशं उपाचार केन्द्र नाम दिईएको उक्त केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाईटी झापा शाखाले प्राविधिक सहयोग र सहारा नेपालले आर्थिक सहयोग गरेको आज आयोजित सेवा शुभारभ्भ कार्यक्रममा जानकारी गराईएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले रिवन काटेर सेवा शुभारभ्भ गर्नु भएको सर्पदशं सेवा सञ्चालनका लागि सहारा नेपालले ६० लाख सहयोग गरेको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिनु भयो । गिरीका अनुसार सहाराले बार्षिक १५ लाख रुपैया सर्पदशं उपाचार सेवाका लागि सहयोग गर्ने छ ।
झापामा नै पहिलो पटक भेन्टीलेटर सहितको सघन उपचार कक्ष आई सि यु समेत स्थपाना गरी सर्पदशं उपचार सेवा शुरु गरिएको नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिनु भयो । मध्य झापाका दक्षिणी भुभागमा अत्याधिक सर्पको टोकाई हुने गरेका कारण पनि सुरुङ्गा क्षेत्रमा सर्पदशं उपचार सेवा जरुरी भएकाले पनि कोटीहोमको सर्मपण भवनमा यो सेवा शुरु गरिएको रेडक्रस झापाका अध्यक्ष ढकालका बताउनु भयो ।
सर्पदशं उपचार सेवामा आएका बिरामीबाट लिएको शुल्कले मात्रै संस्था चलाउन नसकिने भएकाले कोटीहोम स्थीत उपचार केन्द्र सञ्चालनका लागि स्थानीय ७ वटा संस्थाहरुले संयुक्त रुपमा सञ्चालनको जिम्मा लिएको जनाईएको छ । नेपाल रेडक्रस सोसाईटी झापा,सहारा नेपाल साकोस, कनकाई नगरपालिका, लायन्स क्लब अफ कनकाई, कनकाई उद्योग वाणिज्य संघ, कनकाई धाम धार्मिक विकास संस्था र कनकाई घाट ब्यवस्थापन समितिको सहकार्यमा उक्त सर्पदशं उपचार केन्द्र सञ्चालन गरिने सर्पदशं उपचार केन्द्र कोटीहोमका ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लिला चिमरियाले बताउनु भयो । 
उपचार केन्द्रमा दुई जना सर्प टोकाई प्राविधिक सहित ६ जनाको प्राविधिक समूहले उपचार गर्ने केन्द्रका प्रविधिक नबु सापकोटाले बताउनु भयो । नेपालमा पाईने मध्ये १७ प्रकारका सर्प बिषाली जातका हुने र त्यस मध्ये पनि पुर्वी तराईमा ५ प्रकार बिषालु सर्पको बढी प्रकोप रहेको अर्का प्राविधिक मोहन अधिकारीले जानकारी दिनु भयो । झापामा यस अघि चारआली स्थीत नेपाली सेनाले सञ्चालन गरेको र दमकमा रेडक्रस उपशाखाले सञ्चालन गरेको सहित दुई वटा सर्पदशं उपचार सेवा सञ्चालन भईरहेका छन ।
केन्द्रका कार्यवाहक अध्यक्ष लिला चिमरियाको अध्यक्षतामा सम्पन्न सेवा शुभारभ्भ कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, बिशेष अतिथी स्थानीय बिकास अधिकारी खेमराज ओझा, महिला समाजसेवी चित्रकला ओली, आम्दा नेपालका मेडिकल सुपरिटण्डेन डा. नविन ढकाल र रोटरी क्लब बिर्तामोडका अध्यक्ष सन्तोष अग्रवालले शुभकामना मन्तब्य राख्नु भएको थियो । लोकराज ढकालले औचित्य माथी प्रकाश पार्नु भएको कार्यक्रममा महेन्द्र गिरीले स्वागत मन्तब्य राख्नु भएको थियो । 


Post a Comment

Powered by Blogger.