दमक जेठ ३ , जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रतिपादक तथा एमालेका पूर्व महासचिव मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई नेकपा एमाले क्षेत्र नम्वर ७ झापाले रक्तदान कार्यक्रम गरेर सम्झीएको छ ।
पार्टीको क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ले आज झापाको दमकमा रक्तदान कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्झना गरेको हो ।
पार्टीले २४ औं मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन राईले मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको अहिले झनै लोकप्रियता बढेको बताउनु भयो ।
यस लोकप्रियतालाई कायम राख्न एमालेका नेता कार्यकर्ता सहज हुनु पर्ने र त्यसलाई ब्यवहारमा लागु गर्न पर्ने बताउनु भयो । क्षेत्रीय कमिटी अध्यक्ष बोधराज न्यौपानेले बहुदलीय जनवादलाई जनप्रिय बनाउन कार्यकर्ता सक्रिय हुनुको साथै अध्ययनशील हुनपर्ने बताउनु भयो । कार्यक्रममा ४ महिला सहित ४७ जनाले रक्तदान गर्नु भएको क्षेत्रीय कमिटीका नेता महेन्द्र खड्काले जानकारी दिनु भयो ।
Post a Comment