Halloween party ideas 2015

साउन १३ गतेबाट प्रर्दशनमा आउन लागेको बहुप्रतिक्षित फिल्म 'प्रेम गीत-२' ले आफ्नो दोस्रो क्लब गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'मोटरसाइकलमा' बोलको गीतमा इन्दिरा जोशी र प्रताप दासको स्वर छ। राजेश कुमार श्रेष्ठ र बबिनले रचना गरेको यस गीतमा , एलिस कार्कीले संगीत भरेका छन्। भिडियोमा रेनिशा वान्तवा राईको नृत्य निर्देशन छ। भिडियोमा नायक प्रदिप खड्काले नायिका स्वस्तिमा खड्कालाई बाईकमा बसेर घुम्न जान आग्रह गरेका छन्। फिल्मकी मुख्य नायिका आश्लेशा ठकुरी पनि भिडियोमा छिन्। फिल्म 'प्रेम गीत २' मा प्रदिप खड्का, नवनायिका आश्लेशा ठकुरी, शिशिर भण्डारी, श्रद्धा प्रसाई, कैलाश कट्वाल लगायतको अभिनय छ। फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। रामशरण पाठकले निर्देशन गरेको उक्त फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन्। यसअघि सार्वजनिक भएको फिल्म 'प्रेमगीत २' को शीर्ष गीत 'कहानी यो प्रेमगीत को' लाई पनि दर्शकहरुले अहिले खुबै मन पराइरहेका छन्। उक्त गीतलाई अहिलेसम्म १७ लाख ७९ हजार बढि पटक हेरिएको छ।


Post a Comment

Powered by Blogger.