दमक – सदुपयोग गर्ने हो भनें सामाजिक संजाल समाजका लागि बरदान सिद्ध हुन्छ ,यसको उदाहरण बनेका छन झापाका फेसबुक प्रयोगकर्ताहरु ।आईतवार सामाजिक संजालका प्रयोगकर्ताहरु दमक बसस्टेसन छेउछाउमा यात्रीहरुलाई पानी बेचीरहेका देखिन्छन , बोतलबन्द पानी ल्याएर बेच्ने उनीहरुको उद्देश्य पैसा कमाएर मोजमस्ती र पार्टी पिकनिक गर्ने नभई पानीबाट भएको नाफाले बिर्तामोडका बाबुआमाविहिन एक बालकको नसाको उपचार खर्च जुटाउने हो । फेसबुकमा एउटा ग्रुपले सबै बिर्तामोडवासीहरु एक भएर बालकको जीवनरक्षा गर्न का लागि अपील गर्यो । न्युनतम ८ लाख खर्च लाग्ने र अति विपन्न भएका कारण सो खर्च जुटाउन असम्भव भएकाले सहयोगका लागि गरिएको अपीलले झापा लगायत देशविदेशमा बस्ने सबै जुर्मुराए । Damak Baal Club, Teen Age Group Damak, MRR,WRR लगायतका फेसबुक ग्रुपहरु सक्रिय बने र उनीहरुलाई साथ दिए अरु केही बाल क्लवहरुले । फेसबुकमा सबैले विचार सम्प्रेषण गरे कुराकानी गरे र सबै सत्रिय भए अभिषेक बचाउ अभियानमा , सो अभियानमा फेसबुक ग्रुपका साथीहरुले आईतबार र सोमबार पानी बेच्ने निर्णय गरे र बस स्टप छेउमा बसेर काम थालिहाले । तीनै ग्रुपहरुको सक्रियतामा जेठ ५ गते एउटा संगीत कन्सर्टको आयोजना गरेर थप अर्थसंकलन गर्ने तयारी भईरहेको पनि छ ।
जीवन रक्षाका लागि सामाजिक संजाल समुह

Post a Comment