मात्रिका पौडेल ,
झापा जिल्ला गाैरादह नगरपालीका वडा नं ४ मैदानघाेपा( ॐ गुरुदेब चिउरा मिल पश्चिम) मा अाज माता पाथीभरा देबीकाे मन्दीर स्थापना कार्यक्रम सम्पन्न भएकाे छ ।उक्त कार्यक्रममा नेकपा ( एमाले) केन्द्रीय सदस्य तथा प्रदेश नं१ चुनाव प्रचार प्रसार बिभाग का प्रमुख श्री हिक्मत कार्की ज्युकाे प्रमुख अातिथ्यतामा पुजा अाराधना गरि उद्घाटन गरीयाे ।त्यस्तै उक्त कार्यक्रममा नेपाली कांग्रेस का क्षेत्रीय सभापती श्री राेहीतकुमार शाह ज्युकाे समेत अातिथ्यता रहेकाे थियाे ।साथै उक्त कार्यक्रममा राधेश्याम किर्तन मण्डलि ले भजन किर्तन काे कार्यक्रम समेत गरेकाे थियाे।उक्त माता पाथीभरा देबीकाे मन्दीर स्थापना कार्यक्रम राधेश्याम किर्तन मण्डलि काे अध्यक्ष श्री भक्ति प्रसाद उप्रेती काे अध्यक्षता मा सम्पन्न भएकाे हाे।
Post a Comment