पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरिएको छ त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन्।
‘यो मेरो मन्त्रालयसँग जोडिएको आइजी प्रकरणको विषयलाई लिएर प्रधानन्यायाधीशविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरियो यसमा मेरो असहमति छ,त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ’, निधिले सेतोपाटीसँग भने।
‘यो मेरो मन्त्रालयसँग जोडिएको आइजी प्रकरणको विषयलाई लिएर प्रधानन्यायाधीशविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरियो यसमा मेरो असहमति छ,त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ’, निधिले सेतोपाटीसँग भने।
राजीनामाको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराइसकेको उनले बताए। आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले आफू संविधानलाई सर्वस्वीकार्य बनाउँदै हिमाल, पहाड र तराई/मधेसको संविधान बनाउन सधैँ सक्रिय र क्रियाशील रहने बताएका छन्।
Post a Comment