Halloween party ideas 2015



हङकङमा आगामी मे ७ तारिखका दिन २५६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रहङकङमा बुद्ध जयन्तीको तयारीमका साथ मनाउन तयारी सुरु गरिएको छ। नमोबुद्ध आमा समूह तथा नेपाली महाबाणिज्य दूतावासको संयुक्त आयोजनामा हुने बुद्ध जयन्ती बिशेष कार्यक्रमको सह आयोजकमा हङ्कङ नेपाल हिन्दू एसोसिएसन(हिन्दू मन्दिर ),नेवार समाज,हेवेन्ली निर्वाणापाथ,तमु ट्यो हिल,हङ्कङ ठकुरी समाज तथा नेपाली महिला संघ,हङकङ रहेका छन। सो दिन काउलून पार्कबाट भगवान् बुद्धका सन्देश एवम वाणी सहितका प्लेकार्ड बोकेर झांकीका साथ हङकङका सहर परिक्रमा गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ। “गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश सहित नेपाली झण्डा बोकेर विश्वशान्तिको कामना गर्दै पदयात्रा गरिनेछ”नमोबुद्ध आमा समूहकी उपाध्यक्ष टीका गुरुङ्ले जानकारी गराउनुभयो। महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले गौतम बुद्ध नेपालीको पहिचान र गौरव हुनुभएकाले हरेक नेपालीले उहाँलाई सम्झिनु पर्ने कर्तब्य रहेको बताउनुभयो। उहाँले दूतावासले हङकङमा यस बर्ष बुद्ध जयन्ती मनाउन इच्छुक संघसंस्थालाई आह्वान गरे अनुसार प्राप्त प्रस्ताव र पूर्व अनुभवका आधारमा यस बर्ष नमोबुद्ध आमा समूहलाई सम्पूर्ण ब्यबस्थापकीय जिम्मेवारी दिइएको पनि उहाँले जानकारी गराउनुभयो।

Post a Comment

Powered by Blogger.