
राजु पोख्रेल
गौरादह, झापाको गौरादह नगरपालिका वडा नं ९ मा नेकपा एमाले को तफबाट स्थानिय निर्वाचनमा वडा अध्यक्षका रुपमा लेखनाथ खतिवडा (बासुदेब) सिफरिस भएका छन् । २०४७ साल बाट पार्टीमा क्रियासिल रहेका खतिवडाले २०५२ सालमा पार्टी सदस्यता प्राप्त गरेका हुन । बैगुनधुरा गाउँ कमिटी सदस्य रहेका खतिवडा २०५५ साल १४ इलाका कमिटी सदस्य बनेका हुन । पाटिमा सक्रिय खतिवडा य २०६९ सालमा क्षेत्र न.६ क्षेत्रीय कमिटी सदस्य रहेर काम गरि सकेका छन् । राजनिति अलावा उनले अन्य संघसंस्थामा रहेर पनि समाजसेवामा क्रियासिल रहेका छन । प्रणामी युवा परिषद जिल्ला झापा सदस्य, क्षेत्र न. ६ सहकारी संघ सदस्य, खतिवडा बंष तथा कुलउद्धार केन्द्रीय समिति कोषाध्यक्ष (२ कार्यकाल), बैगुनधुरा बचत तथा रिण सहकारी सस्था लि. अध्यक्ष (२ कार्यकाल), शिबशक्ती बिध्यपिठ बैगुनधुरा अध्यक्ष (२ कार्यकाल), कन्काई नहर जल उपभोक्त सस्था साधारणसभा सदस्य (२कार्यकाल), जेष्ठ नागरिक समाज झापा जिल्ला प्रतिनिधि ।
इमानदार र समाजसेवी छवि बनाएमा खतिवडा २०५३ साल बाट गाउँ मै उद्योग संचालन गरि निरन्तर रुपमा गाउँमै बसोबास गरि रहेका छन् । यदि उनले उम्मेद्वार भएमा अत्यादिक मत ल्याएर जित्ले स्तानिय बासि बताउछन् ।
Post a Comment