सरकारले बेलैमा पुस्तक नछाप्दा अभाव भएको हो । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रलाई स्थानीय निर्वाचनको मतपत्र छाप्ने काम थपिंदा यो समस्या आएको हो ।
पाठ्यपुस्तक नछापिँदा बाग्लुङमा पनि असर परेको छ । मागभन्दा आधा कम पुस्तक बजारमा आएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ ।
जनक शिक्षाले पुस्तक छापेर वितरण गरिरहेको दावी गरेपनि वितरकहरु भने यही गतिमा पुस्तक छापिए सबै विद्यार्थीको हातमा किताब पुग्न अझै केही महिना लाग्ने बताउँछन् ।
पुस्तक विक्रेताहरु भने पुस्तक छपाईमा ढिलाई हुँदा आफूहरुलाई तनाव हुने बताउँछन् । मागको आधा पुस्तक पनि उपलब्ध नभएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रको भनाई छ ।
जिल्ला शिक्षा कार्यालय बाग्लुङले जिल्लामा रहेका विभिन्न तहका ५ सय २५ विद्यालयमा पुस्तकका लागि ७५ प्रतिशत रकम भुक्तानी गरिसकेको छ ।
बाग्लुङमा १ देखि ५ कक्षासम्मको पुस्तक अझै पनि उपलब्ध भएको छैन ।
Post a Comment